मुगु । मुगु जिल्लामा यति वेला पशुचौपाया धमाधम लेकतिर सार्ने क्रम जारी छ । बेंसीमा चरन क्षेत्रको अभाव र बालीनाली संरक्षणको लागि बेंसीतिरका पशुचौपाया लेकतिर लाने गरिन्छ ।
यो वर्ष पनि जेठ अन्तिम सातादेखि नै किसानहरूले आफ्ना पशुचौपाया लेकतिर सारेका हुन । गर्र्मी सिजन सुरू भएसँगै पशुचौपाया लेकमा सारिने र हिउँदमा बेंसीमा झार्ने पशुपालक किसानहरू बताउँछन् ।
यो समय मानो छरेर मुरी उत्पादन गर्ने समय भएकाले सबैजना खेतीपातीमा व्यस्त हुने गरेका छन । पशुचौपाया चराउने मान्छे पनि हुदैनन् त्यसैले पशुचौपायालाई लेक पाटनतिर सार्ने गरेका छायाँनाथ रारा नगरपालिकाका किसान भीमचन्द्र भियालले बताए ।
उनका अनुसार गाउँमा चरन क्षेत्रको समस्या छ । सबैजना खेतीपातीमा व्यस्त हुने भएकाले पशुचौपाया वर्षेनी यो समय लेक, पाटनतिर सार्ने गरेका बताए । भेडा, बाख्रा ,दुधदिने गाई भैँसी, भए साथमा गोठाला जाने र नदिने गाई भैँसी छन् भने अरू सबै पशुचौपाया लेकमा छाडा छोड्ने उनको भनाइ छ ।
छायाँनाथ रारा नगरपालिका किसानहरू लखु, कालामुल, टोटेखर्क ऋणमोक्ष वनतिर पशुचौपाया सार्ने गर्छन् भने , सोरू गाउँपालिका ,खत्याड गाउँपालिका, मुगुमकामारोंग गाउँपालिका पशुपालक किसानहरू पनि आफूलाई पाएक पर्ने बनमा पशुचौपाया सार्ने गर्दछन् ।
यसैबीच पशुचौपायालाई पाटन खुवाउनै पर्ने मान्यताले पनि पशुचौपायालाई त्यता सार्ने गरिएको स्थानीयको भनाइ छ । पाटनमा विभिन्न किसिमका जडिबुटी पाईने र बुकी पनि पशुचौपायाले खान पाउने भएकाले लेक पाटनमा सारेमा मोटाउने किसानहरू बताउँछन् ।
हिउँदमा जताततै सुख्खा हुन्छ पुशचौपायाले खान पाउँदैनन् यो समय पाटनमा खाएको जडिबुटी, बुकीले पशुचौपायालाई बच्न सहज हुने स्थानीयको भनाइ छ । पुशुचौपाया भदौ असोजदेखि बेसीतिर झार्ने गरिन्छ ।
प्रतिक्रिया