स्वास्थ्य साम्रगी सहयोग

मुगु । सोरुगाउँपालिका–६ जिमामा गाउँमा रहेको गाउँघर क्लिनिक भवनलाई स्वास्थ्य सामगी सहयोग गरिएको छ । गाउँघर क्लिनिक भवन निर्माण मात्रै भएकाले सेवा सञ्चालनका लागि स्वास्थ्य साम्रगी सहयोग गरिएको हो ।  गुड नेबर्स इन्टरनेसनलको आर्थिक सहयोग कर्णाली गरिबी न्यूनीकरण तथा विकास मञ्चको सहजीकरणमा गएको वर्ष १३ लाखमा गाउँघर क्लिनिक भवन निर्माण गरेको भए पनि उपकरण अभावमा सेवा सुचारु हुन सकेको थिएन ।

बिहीबार एक औपचारी कार्यक्रमको आयोजना गरी स्वास्थ्य साम्रगी हस्तान्तरण गरिएको र स्वास्थ्य क्लिनिक भवनका लागि आवश्यक फर्निचर, स्टेचर, बिपी सेट, बिरामी जाँच बेड, थर्मोमिटर नापतौल गर्ने मेसिनलगायत आवश्यक पर्ने स्वास्थ्य सामग्री १८ प्रकारका हस्तान्तरण गरिएको कर्णाली गरिबी न्यूनीकरण तथा विकास मञ्चका अध्यक्ष शिव शम्भु मल्लले जानकारी दिए । उनका अनुसार यो वर्ष ६१ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका अध्यक्ष मल्लले बताए । स्वास्थ्य साम्रगी हस्तान्तरणपछि सोरु गाउँपालिकाका स्थानीय खुसी भएका छन् । स्वास्थ्य चेकजाँज गर्न तीन घण्टाको दुरीमा रहेको सीप स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो गाउँमै गाउँघर क्लिनिक भवन निर्माणसँगै स्वास्थ्य सेवा सुचारु भएमा दुःखका दिन हट्ने स्थानीय महिला भदुरी कार्कीले बताइन् ।

स्वास्थ्य सामग्री बुभ्mदै सोरु गाउँपालिका अध्यक्ष मनप्रसाद भट्टले गाउँघर क्लिनिक भवन निर्माणदेखि स्वास्थ्य साम्रगी सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यवाद प्रकट गर्दै स्थानीयले गाउँमा स्वास्थ्य सेवा पाउने बताए । उनका अनुसार विगतका वर्षहरूमा स्वास्थ्य सेवा लिन घन्टाँै हिँड्नुपर्ने बाध्यता हटेको छ । अब गाउँघर क्लिनिक भवनबाट साउनदेखि सेवा सुचारु हुने र त्यसका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गरी अनमीसम्म व्यवस्थापन गर्ने अध्यक्ष भट्टले बताए । गाउँघर क्लिनिक भवनबाट नियमित खोप, गर्भवती चेक जाँच र सामान्य उपचार सेवा सुचारु हुनेछ ।

प्रतिक्रिया