एजेन्सी, लन्डन । विश्वकप क्रिकेटमा सेमिफाइनलका तीनवटा राष्ट्र अस्ट्रेलिया, भारत र इंग्ल्यान्ड सेमिफाइनलमा पुग्दा बाँकी एउटा स्थानका लागि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा छ । न्युजिल्याज्डले नौ वटा खेल खेलिसकेको छ । उसले ११ अंक बनाएको छ । एक खेल कम खेल्न बाँकी पाकिस्तानको नौ अंक छ । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ ।
पाकिस्तानलाई बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब छ । रनरेटमा न्युजिल्यान्ड धेरै माथि रहेकाले पाकिस्तानलाई खेल जितेरमात्र सेमिफाइनलको बाटो सहज बन्ने छैन । न्युजिल्यान्डको रनरेट ० दशमलव १७५ र पाकिस्तानको रनरेट ० दशमलव ७९२ छ । यो अवस्थामा पाकिस्तान सेमिफाइनल पुग्न पाकिस्तानले ३५० रन बनायो भने बंगलादेशले ३११ रनले हार बेहोर्नुपर्नेछ ।
यदी पाकिस्तानले ४०० रन बनायो भने बंगलादेशलाई ३१६ रनले हराउनुपर्नेछ । यदी पाकिस्तानले ४५० रन बनायो भने ३२१ रन बनाउन पर्नेछ । बंगलादेशले टस जितेर ब्याटिङ रोज्यो भने पाकिस्तान सोझै आउट हुनेछ त्यसैले पाकिस्तानको सम्भावना निकै न्युन छ ।
प्रतिक्रिया