सिरहा । जिल्लाको मिर्चैया नगरपालिकामा मेयरकै लापरवाहीले विकास हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय तहको चुनाव करिब दुई वर्ष बितिसक्दा पनि सिरहा नगरपालिकाको विकास कार्य हुन नसकेको आरोप स्थानीयको रहेको छ ।
स्थानीय तहको चुनाव सम्पन्न भएको करिब दुई वर्ष बितिसक्दा पनि मेयर शर्वन यादवको चरम लापरबाहीले मिर्चैया नगरपालिकामा विकासको कार्य हुन नसकेको आरोप स्थानीयको रहेको छ । वर्षायामको वेला पानी पर्नासाथ मुख्य सडकलगायत प्रायः सबैजसो सडकको खाल्डाखुल्डीमा पानी जम्मा हुने गरेता पनि मेयर यादव मौन बस्नु बिडम्बनाको विषय बनेको स्थानीयहरूको आरोप रहेको छ ।
मिर्चैया नगरपालिका निवासी अनील यादवले नगरपालिकाका मेयर शर्वन यादवले स्थानीय तहको चुनाव अगाडि विकासको कार्य अगाडि बढाउने जनताबीच गरेको वाचालाई पूरा गर्न नसकेको आरोप लगाए । उनले सौर्य संवाददातासँग कुरा गर्दै मिर्चैया नगरपालिकाका मेयर यादव चुनाव जित्नासाथ जनताबीच गरेको वाचालाई बेवास्ता गरेका कारण विकासको कार्य अगाडि नबढेको बताए ।
स्थानीय तहको चुनाव पश्चात् आफूले मिर्चैया नगरपालिकालाई एउटा नमुनाको रूपमा परिणत गर्ने भनेका मेयर यादवले दुई वर्षको कार्य अवधिमा केही विकासको कार्य गर्न नसकेको आरोप स्थानियवासीको रहेको छ । विकासको कार्य हुन नसक्दा स्थानियवासीले आपैmँ चुनेका मेयर यादवलाई बिफल मेयरको रूपमा लिन थालेका छन् । स्थानीयले आउने चुनावमा यसको जवाफ आफ्नो मतको अधिकारले दिने बताएका छन् ।
प्रतिक्रिया