एसबिआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण

काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको ४३८औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बिआरएस सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्ती बाट चयन गरेको छ । अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन ।

साँथै, उनी एसबिआईका एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष बिआरएस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रतिक्रिया