अख्तियारको फन्दामा इन्जिनियर

स्याङ्जा । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वसी अख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकम लिँदालिँदै पक्राउ परेका छन् । विरुवा गाउँपालिका–८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समिति अन्तर्गतको योजनाबाट रकम लिँदै गर्दा उनी अख्तियार टोलीको फन्दामा परेका हुन् ।

रौतहट जिल्ला स्थाथ नगरपालिका–९ स्थायी घर भएका इन्जिनियर मियाँ पुतलीबजार नगरपालिका–१ नारायणस्थानमा भाडामा बस्दै आएका थिए । उनी बस्ने रकम बुझ्दाबुझ्दै टोलीले पक्राउ गरेको थियो । मियाँलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको प्रहरी नायब निरीक्षक रोशन खड्काको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ ।

५७ घरपरिवारलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले २ करोड ६ लाख ११ हजार ८ सय रहेको योजनामा चालु आवअन्तर्गत २ लाख ३७ हजार विनियोजिन भए पनि २५ लाख बजेट थप गरिएको थियो । मियाँ विगत लामो समयदेखि खानेपानी कार्यालय स्याङ्जामा कार्यरत थिए ।

प्रतिक्रिया