विराटनगरमा रेनोको शोरुम

काठमाडौं । नेपालका लागि रेनो गाडीहरुको अधिकृत वितरक एडभान्स अटोमोबाईल प्रालिले विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले ‘महावीर अटोमोबाईलस’ शोरुमको उद्घाटन गरेको छ ।

अटोमोबाईल ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रेनोको नयाँ शोरुम जुलाई १ तारिकबाट संचालनमा आईसकेको छ । नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडीहरु उपलब्ध रहेका छन् । साथै नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टस्को पहुँचलाई सहज बनाउनेछ ।

प्रतिक्रिया