राजनीति सबै क्षेत्रमा व्याप्त हुने गरेको छ । राजनीतिबाट कुनै पनि क्षेत्र अछुतो रहने गरेको छैन । व्यवसायिकहरूको छाता संगठन इटहरी उद्योग वाणिज्य संघमा पनि राजनीति हावी भएको थियो । सधैं वाणिज्य संघको चुनाव चोखो व्यावसायीकहरूको मात्र नभई राजनीतिक आवरण मै हुने गर्दछ ।
यस पटक पनि त्यसै भयो । काँग्रेसीहरू यो चुनावको एजेण्डामा एकजुट भए । भीम पौडेलले स–साना झुप्रा, चियापसल, साना व्यापारी सबै–सबैलाई निःशुल्क रुपमा उद्योग वाणिज्य संघमा दर्ता गराएर आबद्ध गराए । उद्योग वाणिज्य संघमा दर्ता गर्न जाँदा को मार्फत आउनु भएको ? सोधिन्थ्यो । भीम बहादुर पौडेलको तर्फबाट भनेपछि वहाँका कार्यकर्ताहरू काम गरिदिन्थे । दर्ता शुल्क पनि लाग्दैनथ्यो । कार्यकर्ताहरू भनौं वा आफन्तहरू व्यापकरूपमा परिचालित थिए ।
प्रतिद्वन्द्वीको यस्तो गतिविधि देखिरहँदा शैलेस विष्टका कार्यकर्ताहरू, शुभचिन्तक, आफन्तहरू र ने.क.पा. इटहरीका सबै तहका नेताहरू रमिता हेरिरहेका थिए । यी सबै देखेपछि अलिकति रणनीतिक गतिविधि हुनु पथ्र्यो । भीडमा आया,े उमेदवारसँग हात मिलायो अनि फर्कियो । इटहरीका नेकपाका नेताहरूले यो भन्दा बाहेक अरू के गरे ? त्यो भन्दा अरू गर्ने क्षमता विवेक र दृष्टिकोण पनि उनीहरूमा देखिएन । नत्र यो हविगत हुने थिएन ।
पार्टीको केन्द्रीय नेतृत्वमा पनि तीक्ष्ण बुद्धि भएका युवाहरू छानेर प्रशिक्षण दिएर भोली पार्टीको नेतृत्व गर्न सक्ने, जनताको अपेक्षाहरू पूर्ण गर्दै जाने नेतृत्व निर्माण गर्ने सोच्नै सकेन । बरु आफैँ भाउ खोज्दै ठाउँ ओगटिरहने प्रवृत्तिले अब आउने दिनहरूमा नेपाल कम्युनिस्ट पार्टीको के हविगत हुनेछ भन्ने इटहरी उद्योग वाणिज्य संघको चुनावको परिणामले संकेत गरेको छ
शैलेस विष्ट एक सज्जन व्यक्तिलाई नेपाल कम्युनिस्ट पार्टीको खोल ओढाई दिएर अन्तमा नंग्याई दिए । स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता उमेरको हिसाबले अधिकांश ६० भन्दा माथिका छन् । युवाहरूमा अध्ययन, मनन् र प्रशिक्षण छैन । पार्टी संगठनमा हुनेबित्तिकै अहमता बढी हाल्छ । युवाहरूमा म यो देशको नेतृत्व गर्छु, त्यसको लागि म विश्व परिस्थिति अनुसारका क्षमतावान नेता बन्नु पर्छ भन्ने स्वयंमा त्यो सोच, दृष्टिकोण र विवेक नै छैन ।
पार्टीको केन्द्रीय नेतृत्वमा पनि तीक्ष्ण बुद्धि भएका युवाहरू छानेर प्रशिक्षण दिएर भोली पार्टीको नेतृत्व गर्न सक्ने, जनताको अपेक्षाहरू पूर्ण गर्दै जाने नेतृत्व निर्माण गर्ने सोच्नै सकेन । बरु आफैँ भाउ खोज्दै ठाउँ ओगटिरहने प्रवृत्तिले अब आउने दिनहरूमा नेपाल कम्युनिस्ट पार्टीको के हविगत हुनेछ भन्ने इटहरी उद्योग वाणिज्य संघको चुनावको परिणामले संकेत गरेको छ । यो इटहरीको दृष्टान्त देशभरी हुने संकेत हो । किनभने ने.क.पा. का केन्द्रीय नेताहरू बहिरो भएका छन् । यत्तिका मिडियामा आलोचना भइरहेका छन् । काण्डमाथि काण्ड थपिएका छन् । जनताले सन्तोष मान्ने र चित्त बुझाउने कौडीको काम भएको छैन ।
तत्कालै जिल्ला जिल्लामा केन्द्रीय नेताहरू पठाएर पार्टीलाई एकत्रित गर्ने र विश्वास दिलाउने काम भएन भने यत्ति बलियो संगठन भएको नेपाल कम्युनिस्ट पार्टी बिलाउन समय लाग्ने छैन् । पार्टी भित्रै रहेका केही विचारकहरूले पत्रिकाहरूमार्पmत व्यक्त गरेका विचारहरू ने.का.को हेड क्वाटरमा रहने तर सत्ताको कुर्सीमा बस्ने नेताहरूले सुन्न चाहेनन् । सोच पु¥याएर पार्टी कमिटीका तल्लो एकाइदेखि बलियो संगठन भएका पार्टीका कार्यकर्ताहरू प्रशिक्षित नगर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी निश्चित रूपले बिलाउने छ । इटहरीको घटनालाई शिक्षाको रूपमा लिएर व्यापक सुधारको आवश्यकता छ । केही महिनाअघि मणि थापाले पार्टीका केन्द्रीय नेताहरूको कार्यशैली र गतिविधिलाई नियालेर पार्टीलाई होसियारी गराउनु भएको थियो ।
यही आषाढ ११ गते एक पत्रिकामा घनश्याम भुसालले पनि के कारणले पार्टीको दुर्दिन आउँछ भन्ने औँल्याउनु भएको छ । इमानदार सच्चा कम्युनिस्टहरू इटहरीको चुनाव परिणामले निन्याउरो, खिन्न र उदास बनाएका छन् । शैलेस विष्टको हारमा ने.क.पा.का स्थानीय नेताहरूको कार्यशैली, व्यवहारको पनि असर परेको छ । स्थानीय तहका जिम्मेवार नेता भन्छन्– मेयर, उपमेयरको कारण यो हार भएको हो । आंशिक त पक्कै हो तर केन्द्रको कार्यक्रम, नेताहरूको दृष्टिकोण र कार्यक्रमको प्रभाव हो । यस्तो हेर्ने, सुन्ने र देख्ने पटक्कै मन छैन तर हेरियो इटहरीको दृष्टान्त । अझै सुध्रिने मौका छ कमरेड घनश्याम भुसालले भने झैँ पार्टीलाई मुठीमा बन्द राख्नु हुन्न ।
प्रतिक्रिया