बाजुरा । जिल्लाको स्वामीकार्तिक गाउँपालिका–३ जुकोटमा बस्ने पूर्वबहादुर शाहीले भेडापालन गरेको लामोसमय भयो । उमेरले ६० वर्ष नाघिसकेका शाही अहिले सयभन्दा बढी भेडा पालिराखेका छन् । उनी पछिल्लो समयमा भेडापालन व्यवसाय लोप हुन थालेको बताएका छन् । वनजंगलमा चराउने ठाउँ नहुँदा र विभिन्न रोगका कारण मर्न थालेपछि पछिल्लो समय उनी निक्कै चिन्तित बन्दै गएको शाहीले बताएका छन् ।
वनजंगलको कमी हुँदा र भेडा पाल्नका लागि सरकारले पनि उचित व्यवस्था नहुँदा भेडापालन व्यवसाय लोप हुन थालेको जुकोटका भेडापालक धीरेन्द्र शाहीले बताए । भेडाको उनबाट बनेका सामग्रीको माग धेरै आउँछ तर, उन प्राविधिक र आधुनिक मेसिनको अभावले हातले बुनेर सम्भव नहँुदा समस्या भएको बताउँछन् । अहिले उनी भेडाको उनबाट राडी, पाखी, गन्जी, टोपी, सुरुवाल, कोटजस्ता सामग्री बनाएर आपूmले प्रयोग गर्ने गरेको र बाँकी सामान स्वदेश तथा विदेशमा बिक्री गर्ने गरेको बताए ।
पछिल्लो अस्थामा उनको सामानको माग धेरै छ तर भेडापालन घट्दा घाटा भएको बताए । पहिले सबैले भेडा पाल्थे आम्दानी राम्रै हुन्थ्यो । अहिले गाउँगाउँमा थोरै परिबारले भेडा पाल्ने गरेका छन् । जुकोकै कपुर शाही स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान रुचाउँछन् । पछिल्लो अवस्थामा लोप हुन थालेका भेडापालन र उनका सामग्रीहरूको उचित व्यवस्थापनमा राज्यको ध्यान जान जरुरी भएको भेडापालक किसान बताउँछन् ।
‘स्थानीय तहले यसका लागि केही सहयोग गरिदिए हुन्थ्यो भन्छ्न । भेडालाई चरीचरनको अभाव हँुदा हिउँदमा बँेसीतिर लान्छौ । अछाम जिल्लाका केही भूभाग र बाजुराको तल्लो क्षेत्रका केही स्थानीय तहहरूमा बसाइँसराइ गरेर जान्छौँ र वर्षायाममा हुम्ला र चीनको बोर्डरसम्मका पाटनतिर लाने गरेका छौँ’, शाहीले बताए । बाजुरामा भेडापालन गरिरहेका भेडापालक किसानलाई आधुनीकरण भेडापालनको व्यवस्था मिलाइदिने हो भने गाउँमै बसेर आयआर्जन गर्नसमेत सहज हुने बताइन्छ ।
प्रतिक्रिया