नुवाकोट । नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्टा सम्मानित भएका छन् । नुवाकोट साहित्य प्रतिष्ठानको १२औँ स्थापना दिवसको सन्दर्भ पारेर साहित्यका विभिन्न क्षेत्रका आठजना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
‘महामण्डल साहित्य सम्मान’ बाट डा. नवराज लम्साल, ‘कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मान’ बाट जीवनाथ धमला, ‘महामण्डल युवा साहित्य सम्मान’ बाट बीना थिङ र ‘नरेन्द्रनाथ वाङ्मय काव्य सम्मान’ बाट प्रह्लाद पोखरेल सम्मानित भए ।
त्यसैगरी नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद २५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरियो । नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद ५–५ हजार रुपैयाँ पुरस्कारले सम्मान ग¥यो । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मानित तथा पुरस्कृतलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
प्रतिष्ठानले १६ वर्षदेखि नियमितरूपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले हालसम्म विविध क्षेत्रका ७० जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको जनाए ।
प्रतिक्रिया