हुलाकको प्रभावकारिता खस्कँदो

मुगु । जिल्ला हुलाक कार्यालय मुगुबाट प्रवाह हुने सेवा खस्कँदो अवस्थामा रहेको जिल्ला हुलाक कार्यालय मुगुले जनाएको छ । पछिल्लो समय देशैभरका हुलाक कार्यालयबाट प्रवाह हुने सेवा खस्कँदो अवस्थामा रहेको बताउँदै जिल्ला हुलाक कार्यालय मुगुका निमित्त कार्यलय प्रमुख नाग्मल शाहीका अनुसार मुगुमा पनि हुलाकको प्रभावकारिता खस्कँदै गएको र हुलाकको प्रयोग घट्दै गएको बताए ।

सूचनाको बिकाससँगै नेट इन्टरनेट, फोन सेवा, पत्रपत्रिका, रेडियो, विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारको सहज पहुँच भएपछि हुलाक सेवाको प्रभावकारिता खस्कँदै गएको निमित्त प्रमुख शाहीको भनाइ छ । सञ्चारको विकास नहुँदै हुलाकले सञ्चार आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको भए पनि अहिले सञ्चारको सहज पहुँच भएपछि हुलाकको प्रभावकारिता खस्कँदै गएको जिल्ला हुलाक कार्यालय मगुले जनाएको छ ।

हुलाकबाट टिकट विक्री, डाँक ढुवानी जिल्लामा सञ्चालित सामुदायिक रेडियोको दर्ता नवीकरण र सरकारी तथा गैरसरकारी कार्यलयबाट पाउनुपर्ने सूचनाको हक लगायतका काम भइरहेका छन् । हुलाकबाट सेवा प्रवाह हुने धनाध्य सेवा, बिमा सेवा, चिठीप्रत्र सेवा घट्दो क्रममा रहेका र यी सेवाको लागि कुनै पनि सेवाग्राही नआउने गरेका निमित्त प्रमख शाहीको भनाइ छ ।

हुलाकबाट प्रवाह हुने सेवा लोक सेवा र टेलि सेन्टर पनि खारेज गरेको जानकारी गराउँदै शाहीले हुलाकलाई दिनप्रतिदिन ओरालोमा धकेल्ने काम भइरहेको बताए । आगामी दिनमा हुलाक कार्यालयलाई प्रभावकारी बनाउनका लागि प्रविधिको विकास सँगै प्राविधीकरणतिर लैजानुपर्ने उनले बताए ।

कामविहीन कर्मचारी
जिल्ला हुलाक कार्यलय मुगुमा कर्मचारी कामविहीन बनेका छन् । जिल्लामा एक हुलाक कार्यालय सात वटा इलाका हुलाक कार्यालय १७ वटा अतिरक्त हुलाक कार्यालय छन् । इलाका हुलाकमा खरदार सरहको पद भए पनि हल्काराले काम सञ्चालन गरिरहेका छन् भने जिल्ला हुलाक कार्यालयमा खासै काम नहुने भएकाले कर्मचारी कामविहीन भएका हुन् । तर, जिल्ला हुलाक कार्यालय मुगुले कर्मचारी अभाव भएको भन्दै खरदारको पदमा हल्काराले काम गरेका निमित्त प्रमुख शाहीले बताए ।

प्रतिक्रिया