गोरखा । सिरानचोक गाउँपालिकाको आयोजनामा गाउँपालिकाको बस्तुस्थिती विवरण, श्रोत नक्साङकन तथा सडक लगायत अन्य गुरु योजना सम्बन्धि अन्तरक्रिया समपन्न भएको छ । ‘समृद्ध सिरानचोकको आधार, कृषि पर्यटन पुर्बाधार’ भन्ने मुल नारालाई आधार मानी आयोजना गरिएको सो कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको सभापतित्वमा, पुर्ब उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको बिशेष सम्बोधनमा, सिरानचोक गाउँपालिका उपाध्यक्ष रीता देबकोटा, प्रशासकीय अधिकृत भेष बहादुर कुवर, गाँउपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, कार्यपालिका सदस्यहरु, जिसस प्रमुख अशोक कुमार गुरुङ, समाजसेवी, सिरानचोक गाउँपालिकाका स्थायी बसोबास भइ विभिन्न पेशामा आबद्ध भएका कारण राजधानी काठमाडौंमा अस्थायी बसोबास गरिरहेका सिरानचोकबासी लगायत अन्य को बाक्लो उपस्थिति रहेको थियो ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले सिरानचोक निवासी, काठमाडौंमा विभिन्न पेशामा रहनु भएका महानुभावहरूले राख्नु भएको सुझाब , सल्लाहलाई गुरुयोजनामा समाबेश गर्ने प्रतिबद्धता जनाए । सिरानचोक गाउँपालिकाको बिज्ञहरुको संयोजक डा सुनिल बाबू श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए ।
प्रतिक्रिया