मुगु । हिमाली जिल्ला मुगुमा मानव अधिकार उलंघनका घट्ना बढ्दै गएका छन् । अघिल्ला वर्षहरूको तुलानामा यो आर्थिक वर्षमा मानव अधिकार उलंघनका घट्ना बढेका हुन् । शनिबार सदरमुकाम गमगढीमा गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२० को पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमा यस्तो तथ्यांक सार्वजानिक भएको हो ।
अघिल्लो वर्षकोे असारसम्म ११ वटा मानवअधिकार उलंघनकाका घट्ना भएपनि यो वर्षको असारसम्म १६ बटा मानव अधिकार उलंघनकाका घटना भएका मुगु जिल्ला ईन्सेक प्रतिनिधि जिवन सेजुवालले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा महिला हिंसाका घटना बढ्दो क्रममा देखिएका भएपनि यो आर्थिक वर्षमा राज्यबाट गिरप्तारीका घटना बढ्ेका ईन्सेक प्रतिनिधि बताए ।
यो वर्ष राज्यबाट गिरप्तारीका ४ वटा, शिक्षा अधिकारका १, घरेलु हिसांका २ अमानवीयताका– १ स्वास्थ्य अधिकारका २ घटना भएका छन भने अन्य महिला अधिकारका घटना गरी १६ वटा मानव अधिकारका घटना संकलित छ । ईन्सेकले संकलन गरेका घटना वास्ताविक भएको आत्मसाथ गर्दै प्रत्रकार माहासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले राज्य नपुेगेको ग्रामीण भेगमा ईन्सेक प्रतिनिधि ,प्रत्रकार पुगेर मिडियामा ल्याउने गरेको बताए ।
समाजमा हुने मानव अधिकार उल्घनका घटनाका बारेमा सधैँ प्रत्रकारले कलम चलाउँदै आएको र त्यसका बिरुद्ध अझै कलम चलाई समाजलाई सुसूचित गदै जाने अध्यक्ष मल्ललेको भनाइ छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानव अधिकार वर्ष पुस्तक प्रकाशनले मानव अधिकारका विषयमा सत्य तथ्य घटना बाहिर ल्याउने गरेको बताएका छन् ।
मानवअधिकारको हकमा वकालत गर्दै आएको ईन्सेकले विगत धेरै लामो समयदेखि मानव अधिकारको रक्षाको लागि ग्रामीण भेगमा भएका घटनालाई वर्ष पुस्तकमा समेटी राज्यको आँखा खुलाएको बताए । अझै मानवअिधकार उल्लंघनका घटनालाई बढ्न नदिन आ आपनो क्षेत्रबाट सबै लागेमा यस्ता मानवअधिकारका घटना आफैँ घट्ने प्रजिअ घिमिरेले बताए ।
प्रतिक्रिया