भोजपुर । ‘मेरो घर छैन म कहाँ जाउँ, म यही बस्छु बाहिर गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक सुरु हुन्छ … । नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदीजीवन बिताइरहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङको गहभरियो, उनले धेरैपटक आँशुलाई रोक्न खोजिन्, सकिनन् ।
अस्मितालाई लागेको थियो, कैदीजीवन बिताउँदा पनि कारागारभित्र मनोरञ्जन गर्न पाइएला भनेर सोचेकी पनि थिइनन् । तर, कारगारभित्र नाच्न पाउने अवसर पाएपछि उनी निक्कै खुसी देखिन्थिन् । उनीसँगै पुर्पक्षका लागि थुनामा रहेकी सुर्खेतका लक्ष्मी ठकुरीलाई पनि बाहिरा खुला ठाउँमा भएजस्तो लाग्यो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना भएको मानवअधिकार पवद्र्धनका लागि सचेतनामूलक कार्यक्रमअन्तर्गत जिल्ला कारागारको कैदीहरूको बीचमा कार्यक्रम गरेको हो । हंसवाहिनी फिल्मस् प्रोडक्सन प्रालिको संयोजनमा भएको कार्यक्रममा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको विषयमा जानकारीका साथै प्रहसन र सांस्कृतिक प्रस्तुति समेत समेटिएको थियो । कलाकारहरूको साथमा रहेको टोलीले सांगीतिक कार्यक्रम प्रस्तुति गर्दा कैदीबन्दीहरू पनि सँगसँगै नाचेका थिए ।
कारगारमा कैदी जीवन बिताउनुपरेको पीडा एकैछिनलाई बिर्सिंदै उनीहरूले पनि आपूmमा भएको प्रतिभा प्रस्तुत गरेका थिए । भोजपुर कारागारमा दैनिकजसो संगीतसमेत सिक्ने र सिकाउने काम भइरहेको कैदी कृष्णप्रसाद राईले बताए । उनीहरूले गितार, तवला र हार्माेनियमको माध्यमबाट संगीत सिकिरहेको बताए । प्रदेश–१ मा रहेको सबै कारागारहरूमा रहेका कैदीहरूको कैदी जीवनमा रहँदा पनि सकारात्मक सोचको विकास हुन सकोस् र कैद मिनाहापछि समाजमा गएर राम्रो काम गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक कृष्णप्रसाद नेपालले बताए ।
कार्यक्रममा गायिका गंगा गौतमले पुराना तथा नयाँ पूर्वेली लोकभाकाका गीत प्रस्तुत गरेकी थिइन् । रोहिता भट्टराई, कल्पना पाण्डे, शिव भट्टराई भोजपुरे, सुष्मा तिमल्सिना, ओम बस्नेत, निशु बस्नेतलगायतले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले यस्ता कार्यक्रमले कैदीबन्दीलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नरबहादुर सलामी मगर, कारागार प्रमुखको सहभागिता रहेको थियो । जिल्ला कारागार भोजपुरमा हाल ९४ जना कैदीबन्दी रहेका छन । जसमध्ये ८५ जना पुरुष र नौ जना महिला रहेको जेलर खगेन्द्र अधिकारीले बताए ।
प्रतिक्रिया