काठमाडौं । बैंक अफ काठमाण्डूले सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउण्टरको स्थापना गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थालनी गरेको हो ।
असार १२ गतेका दिन खजुरा गाउँपालिकाका अध्यक्ष किशम्त कुमार कक्षपतीले यस एक्टेन्सन काउण्टरको उदघाटन गरे । आर्थिक वर्ष २०७५/२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ८१ दशमलव १३ अर्ब परिचालन गरी कुल कर्जा ७१ दशमलव २६ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ एटिएम तथा १० वटा एक्टेन्सन काउण्टरबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया