कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताएकी छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उनले अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने माध्यम खेलकूद भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सरकार कटिवद्ध रहेको बताए ।
मन्त्री मगरले खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई लक्ष्य प्राप्ति, आत्म–अनुुसाशित र व्यवस्थित बनाइने बताइन् । खेलकूद मैदान निर्माण गर्ने र आवश्यक सामग्री उपलब्ध गराउन तीन वटै तहका सरकारमार्फत विभिन्न कार्यक्रम अगाडि बढेको उनको भनाइ थियो ।
यसैबीच, मझगाउँ विमानस्थल सङ्घर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई विमानस्थलको नक्सासहितको ज्ञापनपत्र बुझाएका छन् । सोही क्रममा बोल्दै खानेपानी मन्त्री मगरले बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने बताइन् ।
प्रतिक्रिया