नरहरिनाथ गाँउपालिकाको कार्यालयमा आगजनी

कालिकोट । नरहरिनाथ गाँउपालिकाको कार्यालयमा आगजनी भउको छ । गउ राति अज्ञात समूहले गरेको आगजनीले कार्यालय जलेर पुर्णरुपमा नष्ट भएको छ । कार्यालयका कागजात जलेर नष्ठ भएका छन, भने यस्तै वडा नं ६ मा पनि कागजात चोरी भएको गाउपालिका अध्यक्ष धिरबहादुर बिष्टले जानकारी दिए। नेकपा बिप्लवको केन्द्र मानिने नरहरिनाथ गाउपालिकामा बिप्लपलाई शंका गरिको छ । प्रहरी चौकि कुमालगाउका अनुसार खोजि कार्य जारी छ ।

उक्त घटनाबाट स्थानिय भने त्रसित देखिएका छन । पुरानै द्धन्दकालीन अवस्था सृजनाभएको स्थानिय बिपिन भट्टराईले बताए । नगरपालिकाको वडा नं ६ मा पनि कागजात जलेर पुर्ण रूपमा नष्ठ भएको बताईएको छ । असारको समयमा कार्यालयका कामकाज ठप्प हुने चिन्तामा स्थानिय छन् ।

प्रतिक्रिया