स्र्पोटस् अवार्डमा चार विधाको मनोनयन

काठमाडौं । एनएसजेएफ पल्सर स्पोटस् अवार्डअन्तर्गत चार वटा विधागततर्फका मनोनयन मंगलबार सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर वर्ष उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डका लागि मञ्चले गठन गरेको खेलाडी छनोट समितिले लामो समय अध्ययन गरि तयार पारिएको बर्षका उत्कृष्ट पुरुष विधाको खेलाडी मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई, जुडोका र ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् । वर्ष महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेकाविजयश्रेष्ठ मनोनयनमा परेका छन् । प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरी खड्का मनोनयनमा परेका छन् । मञ्चले यस अघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ ।

एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा भइसकेका छन् । वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

अन्य विधाका उत्कृष्टले जनही ५० हजार नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ । मुख्य सह–प्रायोजकको रूपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक ९पावर्ड बाइ० माडिस मिडिया नेटवर्क लिमिटेड छन् ।

एसएमएस भोटिङका लागि आप्का नेपालको टिएचटी लाइभसँग सम्झौता छ । सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपालओलम्पिक कमिटी ९एनओसी० सँग प्रायोजकको रूपमा अवार्डसँग जोडिएका छन् ।

प्रतिक्रिया