गमगढीमा सडक बत्ती जडान

मुगु । जिल्लाको सदरमुकाम गमगढीमा सडक बत्ति जडान गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले आव ०७५÷७६ मा छुट्याएको पाँच लाख बजेटबाट सदरमुकाम गमगढी बजार क्षेत्रका पाँच स्थानमा सडक बत्ती जडान गरेका हो ।

बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवतजावतमा सहज र बजारमा रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको छायाँनाथ रारा नगरपालीका नगरप्रमुख हरिजंग शाहीले बताए ।

उनका अनुसार अहिले परीक्षणका रूपमा सदरमुकामका गमगढीका मुख्य पाँच वटा चोकमा सडक बत्ती जडान गरिएको र आगामी दिनमा क्रमिक रूपमा नगर क्षेत्रका ग्रामीण बजार र सडकहरूमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराए ।

सदुमुकाम गमगढी बजारका व्यस्त चोकहरू अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाइस्कुल चोक र चैन चोकमा नगरपालिकाले सडक बत्तीहरू जडान गरको छ । बजार क्षेत्रका जडान गरिएका सडक बत्तीहरू नियमित बल्न थालेपछि बजारवासीहरू खुसी भएका छन् ।

सडकमा बत्ती राखेपछि आपूmहरूलाई बेलुका अबेरसम्म व्यवसाय चलाइराख्न सहज भएको र रातीमा पनि पसल सुरक्षा हुने भएपछि खुसी भएको व्यवसायीहरू बताउँछन् ।

जडित सडक बत्तीहरू स्वचालित रहेको र बत्तीमा रहेको सेन्सरको सहायताले दिनमा उज्याँलो हँुदै गए बत्तीको उज्यालो घट्दै जाने र अध्याँरो बढ्दै गए बत्तीको उज्यालो बढ्दै जाने सडक बत्तीहरूको विषेशता रहेको जडानको जिम्मा पाएको धवलागिरि इलेक्टोनिक्सका सञ्चालक नवराज चौलागार्इंले बताए ।

उनका अनुसार जडित बत्तीको १० वर्ष, नियमित बल्ने, ब्याट्रीको पाँच वर्ष र सोलार पाता र पोलको २० वर्ष कम्तिमा टिक्ने क्षमता रहेको चौलागार्इंको भनाइ छ ।

प्रतिक्रिया