मानवअधिकार संरक्षण गर्ने प्रतिवद्धता

कालिकोट । जिल्ला अदालत कालिकोटका न्यायाधीश श्यामसुन्दर अधिकारी र प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले मानवअधिकार संरक्षण प्रवद्र्धनका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाको जिल्ला सदरमुकाम मान्ममा १० असारमा आयोजित अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा मानवअधिकार संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् । मानवअधिकार उलंघनका घटनाहको न्यूनीकरण गर्न र नागरिकका संवैधानिक हकअधिकारको सुनिश्चितका लागि सबै सरोकावाला निकाय लाग्नुपर्नेमा जिल्ला न्यायाधीश अधिकारीले जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तक १० वर्ष अगाडिदेखि पढ्दै आएको बताउँदै यस प्रकाशनले मानवअधिकार हनन् र ज्यादतीका घटनामा कमी ल्याएको सुनाए ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल्ले दुई ओटा गैरन्यायिक गिरफ्तार, यौन दुव्र्यवहार तीन ओटा, घरेलु हिंसाका पाँच ओटा, धम्की कुटपिट पाँच ओटा र जातीय विभेदका घटना तीन ओटासमेत गरी १८ ओटा घटनाको अभिलेख प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता चित्रसिंह गाउँले, कांग्रेसका नन्दबहादुर डिएसपी विनोद शर्मा, अधिकारकर्मी वीर तिरुवाले गाउँमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना धेरै हुने भएकाले इन्सेकले त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया