आशा लघुवित्तद्वारा देवीघाटमा बिउ वितरण

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बागवानी बिकास केन्द्र नुवाकोटको सहयोग तथा समन्वयमा सोमबार कृषि सम्बन्धी परामर्श तालिम तथा उन्नत जातका बिउबिजन प्रदान गरेको छ । उक्त कार्यक्रममा संस्थाले आबद्ध महिला सदस्यहरुलाई बालीनालीमा लाग्ने रोग तथा समाधानको विषयमा परामर्श समेत प्रदान गरेको हो ।

यसरी, नुवाकोटका कृषि अधिकृतद्वय प्रदिपचन्द् नेपाल तथा नवराज थापाले उक्त कार्यक्रमपश्चात महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करिब ४५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया