काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच जीवन बिमा पोलिसीहरू खरिद गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबिच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।
उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहकले बैंकका मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरूबाट सहजरूपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया