हावाहुरीले त्रिपाल ढल्दा राजस्थानमा १३ को मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । भारतको राजस्थानमा आइतबार भारी बर्षा र हावाहुरीका कारण त्रिपाल ढल्दा १३ जनाको ज्यान गएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । अइतबार भगवान श्रीरामको कथा वाचन गरिरहेको समयमा भारी वर्षा र हावाहुरीले त्रिपाल ढालेपछि १३ भक्तजनको मृत्यु भएको हो ।

त्रिपाल ढल्दा अत्याधिक चाप भक्तजनको भागदौड हुँदा विद्युतीय प्रवाहमा परेर ज्यान गएको जनाइएको छ । वर्षा र हावाहुरी अझै नथामिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान भारतीय प्रहरीले गरेको छ ।

प्रतिक्रिया