डोटी । डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो ।
स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एकाएक बगेका बालक बगायर करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया