‘सुशासन र विकास समृद्धिको प्रमुख आधार’

अर्घाखाँची । छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ प्रोख्रेलले सुशासन र विकास समृद्धिको प्रमुख विषय भएको बताएका छन् ।

उनले आफ्नो गाउँपालिकाले गर्ने सबै गतिविधि पारदर्शी जवाफदेही र जनसहभागिताको माध्यमबाट नै अगाडि बढाएको बताए । प्रोखेलले हरेक बिकासका गतिविधिहरू जनताको माग र आवश्यकताको आधारमा अघि बढेको भन्दै प्रोख्रेलले भने, ‘यो पटकको बजेटमा पनि सबै पक्षको सुझाव सल्लाह लियौँ अब सबैको माग र आवश्यकतालाई केन्द्रमा राखेर बजेट आउँछ ।’

पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत एकीकृत ग्रामीण विकास समाजद्वारा निर्माण गरिएको साझेदारी मञ्चको बैठकमा बोल्दै अध्यक्ष प्रोख्रेलले सबै विद्यालयमा अनिवार्य ई–हाजिरी र स्वाथ्यचौकीका विभिन्न पक्षको सुधारका लागि योजनावद्ध रूपमा विभिन्न कामहरू सञ्चालन गर्न लागेको बताए ।

गाउँपालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले सुुशासन जवाफदेहिता र पारदर्शिता अहिलेको आधारभूत विषय भएको भन्दै उनले सुशासन र विकासका लागि सबै पक्ष एक हुनुपर्ने बताइन् । जनमैत्री काम गर्न र सेवाग्राही र सेवाप्रदायक बीचको सम्बन्ध राम्रो बनाउँदै जनताबाट आएका गुनासो तथा सुझावलाई ग्रहण गर्दै विकास र समृद्धिलाई बल पुग्नेगरी हरेक गतिविधिहरू गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।

छत्रदेव गाउँपालिकाले जनता र स्थानीयतहको प्रत्यक्ष सहभागिता र विभिन्न पक्षसँग पटकपटकको सुझाव संकलनपछि बजेट तर्जुमा गर्न लागेको पत्रकार दीपेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘राज्यका हरेक गतिविधि र क्रियाकलाप सुशासन र विकाससँग सम्बन्धित हुनुपर्दछ ।’
सुशासन र विकासको वहसलाई राजनीतिक र आर्थिक पक्षको साँघुरो घेरामा सीमित नराखेर यसको दायरालाई फराकिलो बनाई आमनागरिकसँग पु¥याउनु आजको मुख्य आवश्यकता भएको स्थानीय जंग परियारले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया