तेह्रौं सागको बजेट सार्वजनिक

काठमाडौं । १३औँ साग बजेट निर्माण कार्यदलले १३ औँ सागका लागि विविध विषयमा अनुमानित ५, २६, ५७, ४२, ६७० दशमलव ७३ (पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) को बजेट प्रस्तुत गरेको छ । उक्त बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औँ दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आइतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रूपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल व्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस व्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार, अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्ब २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया, एन्टि डोपिङ तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।

उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्रि सुनारले १३ औँ दक्षिण एसियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठासँग जोडिएको भन्दै सबै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकैनै महत्वपूर्ण स्थान रहेको भन्दै त्यसै क्रममा १३ औँ दक्षिण एसियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिको मिति २०७६/०१/२६ गते बसेको बैठकले समितिका सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा विभिन्न विज्ञहरू रहेको बजेट निर्माण कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले समयमानै आफ्नो कार्य सम्पन्न गरेको भन्दै कार्यदलका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रदान गरे ।

बजेट विभिन्न क्षेत्रका दक्ष तथा विज्ञहरुसँग छलफल गरी निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद समेत प्रदान गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया