किसानलाई बाख्रा र बोका प्रदान

धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिकाका किसानलाई उन्नत जातका बाख्रा र बोका उपहार प्रदान गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर इन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिको साझेदारीमा सञ्चालित सिद्धलेक साना किसान सबलीकरण कार्यक्रमअन्तर्गत उक्त उपहार प्रदान गरिएको हो । सिद्धलेक गाउँपालिका–६ को खरमटार हटिया र वडा–७ को अमिलिछाप र पीपलटारमा गरी १ सय ८४ वटा बाख्रा र १६ वटा उन्नत जातको बोका उपहारको रूपमा प्रदान गरिएको प्रयास नेपालकी कार्यक्रम संयोजक ईश्वरी कोइरालाले जानकारी दिइन् ।

कार्यक्रम संयोजक ईश्वरी कोइरालाको अनुसार प्रयास नेपाल धादिङले सिद्धलेक गाउँपालिकाको कुन्नेश्वरी, अमिलिछाप, मङकाली जनचेतना स्वाबलम्बी महिला समूहका सदस्यहरूलाई दुई÷दुई ओटा बाख्रा वितरण गरेको हो । यसै गरी चार मूल र १२ वटा उपहार समूहमा एक÷एक ओटा उन्नत जातको बोकासमेत उपहार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, सिद्धलेक गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद थपलिया र वडा–७ का वडाध्यक्ष लक्ष्मणप्रसाद खतिवडाले महिलाहरूलाई आयआर्जनमा टेवा पु¥याई आर्थिकस्तर वृद्धि गर्न सघाउ पुग्ने बताएका थिए । कार्यकममा आफूहरूले पाएको उपहारलाई सही सदुपयोग गर्ने र कार्यक्रम सञ्चालनपछि समुदायमा सामाजिक एकता भावना वृद्धि भएको समूहका सदस्यहरूले बताएका छन् ।

सिद्धलेक साना किसान सबलीकरण कार्यक्रमअन्तर्गत १२ वटा मूल समूह र ४७ वटा उपहार समूह गठन, सीप तथा क्षमता विकास र व्यावसायिक बाख्रापालन, नश्ल सुधार, सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तारजस्ता कार्य हुँदै आएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया