आइतबार सबै निजी विद्यालय बन्द हुने

काठमाडौँ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कान्तिपुर एकेडेमी हाई स्कुलका प्राचार्य बालकुमार गुरुङको विहिबार निधन भएको कारणले विद्यालयहरुको छाता संगठन एन प्याबसन र प्याबसन काठमाडौंले संयुक्त रुपमा आइतबार निजी विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरेका छन् ।

उनको बिहिबार साँझ ८ः१५ बजे मेडिसेटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका गुरुङ कान्तिपूर एकेडेमीका प्राचार्य थिए । त्यसैगरी गोकर्णेश्वर नगर एन प्याबसनका अध्यक्ष र काठमाडाैँ एन प्याबसनका सहसचिवको रुपमा रहेका थिए ।

प्रतिक्रिया