विदुर । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र किस्पाङ गाउँपालिकाको समन्वयमा सञ्चालित एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
किस्पाङ गाउँपालिका–२ गोगनेमा रहेको कालिका आधारभूत विद्यालयमा शिविर सप्पन्न भएको हो । शिविरमा विशेषगरी महिला, वृद्धवृद्धालाई ग्राहयता दिइएको थियो । गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए ।
शिविरमा ३५० भन्दा बढीले सेवा लिएका जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि घिमिरेले जानकारी दिए । शिविरमा जिल्ला अस्पताल त्रिशूलीका डा. अमित श्रेष्ठ, डा. सुजन तामाङलगायतले उपचार गरेका थिए ।
प्रतिक्रिया