मुगु । विश्वका चार धाम मध्येको जेठो धाम छायानाथ धाममा जान चाहाने तीर्थालुहरूलाई अब सहज हुने भएको छ । असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि हेलिकोप्टर प्याकेज सुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भएको हो ।
रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परे पनि रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा विश्वका हिन्दूहरूका चार धाम मध्येको छायानाथ धाममा हेलिकोप्टरमार्फत पुग्न र दर्शन गर्न चाहाने तीर्थालु भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गररे हेलिकोप्टर प्याकेज सुरुआत गर्न लागिएकोे भिजिट कर्णाली टुर एन्ड ट्राभल्सले जनाएको छ ।
रारा पुग्ने पर्यटकले राराको पानी र वन जंगल मात्र हेर्ने र थप मनोरञ्जन तथा घुम्ने स्थान पहिचान गर्न नसक्दा पर्यटकको रारा बसाइँ छोटो हुने भएकाले पनि राराबाट स्थानीयले लाभ लिन नसकेको बेला रारा छायानाथ हेलिकोप्टर प्याकेजले मुगुको पर्यटन विकाससँगै आयआर्जनमा वृद्धी हुनेछ । राराबाट धार्मिकस्थल छायानाथ देखिने भए पनि हिँडेर जान चार पाँच दिन लाग्ने भएकाले रारा पुगेर छायानाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि असार दोस्रो साताबाट हेलिकोप्टर प्याकेज सुरु गरिने ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको हो ।
हिन्दू धर्मको पवित्र पुराण श्री स्वस्थानी ग्रथको स्कन्धका अनुसार महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अंग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो धाम मानिएकाले पनि यसको विशेष महत्व रहेको छ । रारा छायानाथ हेलिकोप्टर यात्रामा ३० मिनेटमै छायानाथको दर्शन गरी हिमशृंखलाको अवलोकन गन पाइनेछ । यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क ३५ हजार रुपैयाँ लाग्ने कार्कीले बताए । शुक्रबार बिहान सञ्चारकर्मीसँगको अन्तरत्र्रिmयामा संयोजक कार्कीले असार दोस्रो सातादेखि रारादेखि छायानाथ माथिल्लो मुगु हुँदै पुनः रारा फर्किने गरी हेलिकोप्टरको प्याकेज यात्रा सुरु गरिने कार्कीले बताए ।
भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान सबैभन्दा छोटो नाका गमगढीदेखि मुगु गाउँ हुँदै नाक्चे लाग्नालाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए । यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलोमिटर मात्र दुरी रहेको उनले बताए । रारा, छायानाथ, माथिल्लो मुगु लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक बढाउनका लागि पोखरा रारा सीधा हवाई उडान गर्न पहल गरिनेसमेत कार्कीले बताए ।
प्रतिक्रिया