महाभुकम्प आउँछ भन्दै अपलवाह फैलाउने क्षेत्री रिहा

काठमाडौं । विगत केहि महिना देखि अनुमानका भरमा विभिन्न अफवाह फैल्याएर सर्बसाधारणलाई त्रसित पार्दै आएका अर्जुन कुमार थापा उर्फ अर्जुन क्षेत्री भनेर चिनिएका ज्योतिष रिहा भएका छन् । पछिल्लो पटक नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेपछि उनलाई पक्राउ गरिएको थियो ।

केहि दिनको हिरासत बसाई पछी जिल्ला अदालत काडमाडौँले शुक्रबार उनलाई तारेखमा रिहा गरेको हो । जेठ १७ देखि २९ गते भित्र ६ देखि ७ रेक्टर स्केलको विनाशकारी भूकम्प जाने भविष्यवाणी गरेपछि प्रहरीले गत जेठ २१ गते उनलाई गौशालाबाट पक्राउ गरेको थियो ।

उनले सुरुवाती दिनमा आफुलाई ज्योतिष भने पनि पछिल्लो समय भने फेस रिडर भन्दै चिनाएका थिए । तर नाम फेरे पनि उनले गर्ने कर्म भने उस्तै प्रकारको विभिन्न अफबाह फैल्याएर सर्बसाधारण आतंकित बनाउने नै रहेको थियो ।

प्रतिक्रिया