स्कुटीपछाडीबाट झरेर नारायणीको पुलबाट हाम फालिन् कविता

चितवन । मावली घर रजहरबाट फर्किएर चितवनतर्फ जाँदै गरेकी एक युवती नारायणीको पुलबाट नदीमा हाम फालेकी छन् । दाजुको स्कुटी पछाडि बसेर आएकी एक युवती स्कुटीबाट झरेर नारायणीमा हाम फालेकी हुन् । युवती पुलको रेलिङमा चढेर नदीमा हाम फालेकाे प्रत्यक्षदर्शीले देखेको बताए ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । पुलमा सवारी चापका कारण केही भीडभाड भएको मौका छोपी उनी स्कुटीबाट झरेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

दुई जना दाजु बहिनी मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी कविताको खोजी भइरहेको प्रहरीले जनाएको छ । सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माइत कञ्चनपुरको महेन्द्रनगर बताइएको छ ।

प्रतिक्रिया