रेडियो उद्घोषण तालिम सुरु

अर्घाखाँची । मालारानी गाउँपालिकाको खनदहमा रेडियो उद्घोषण तथा आभारभूत पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, मालारानी गाउँपालिकाको सहयोग र रेडियो मालारानीको समन्वयमा तालिम सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले सञ्चार क्षेत्रको विकास गाउँपालिकाको समृद्धिको आधार भएको बताएका छन् । आचार्यले टोलटोलमा पत्रकार उत्पादन गरी गाउँपालिकाले गरेका सकारात्मक कामको प्रचारप्रसार र नकारात्मक कामको खबरदारी गर्नुपर्ने बताए । आचार्यले सञ्चार क्षेत्र राज्यको चौथो अंग भएको भन्दै गाउँपालिकालाई सुझाव दिन पनि आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले सञ्चार क्षेत्रको राज्य निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताइन् । क्षेत्रीले मालारानी गाउँपालीकाको विकासका लागि कलम चलाउन पत्रकारलाई आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनीले सञ्चार जगतको तागत परिर्वतन विकासमा महत्वपूर्ण रहने बताए । आपूmले पनि विगतमा पत्रकारिता गरेको बताउँदै सबै क्षेत्रको ज्ञान भएको पत्रकारको पहुँच गाउँदेखी सिंहदरबारसम्म पुग्ने बताए ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसी लेकालीको अध्यक्षता सहसचिव अनिल नेपालीको सञ्चालन र उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका–३ का अध्यक्ष दीपा प्रोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य, प्रेस सगठनका नेता हृदयकुमार भुसाल, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे, पत्रकार नविन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया