पशुपतिको ‘लुट कान्छा’ पछि भ्रष्टाचारबिरुद्ध रमेशराजको आयो ‘भ्रष्टाचार’

काठमाडाैँ । भ्रष्टाचारबिरुद्ध लोकप्रिय गायक पशुपती शर्माको ‘लुट कान्छा लुट, अरु देशमा पाइदैन नेपालमै हो छुट’ भन्ने गीत बजारमा आएपछि सरकार पक्षले बिरोध जनाएका कारण गायक शर्माले उक्त गीत युट्युबबाटै हटाएका थिए । त्यस गीतपछि फेरी केही दिन अघि मात्रै ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ गीतका अर्का चर्चित गायक रमेशराज भट्टराइले सोही भ्रष्टाचारबिरुद्ध जनचासोका बिषयलाई उठाएर ‘भ्रष्टाचार’ नामक गीत ल्याएका छन् ।

गायक भट्टराइको एकल आवाजमा रहेको सोही गीत उनको आफ्नै शब्द सृजना तथा संगीत रहेको छ । केशव बडुले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । सोही गीतको भिडियो दुर्गा पौडेलको निर्देशन साथै छायांकन रहेको छ भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् । सोही भिडियो गायक रमेशराज भट्टराइको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उनले देशको वर्तमान परिस्थिती तथा हत्या हिंसा र भ्रष्टाचार लगायतका विभिन्न घटनाका बिषयमा गीतको शब्दमार्फत उठाएका छन् । गायक भट्टराइले पशुपती शर्माको ‘लुट कान्छा लुट’ ले सडकदेखि सांसद तथा सरकारलाई समेत तरङ्गीत बनाएको बिषय र निर्मला पन्त हत्या प्रकरण, यही भ्रष्टाचारबिरुद्ध बोल्दा ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नु र प्रहरीले उनलाई यातना दिएका बिषय तथा पत्रकारका बिषयलाई पनि गीतमार्फत उठाएका छन् ।

यस गीत कुनै ब्यक्ती, राजनीतिक पार्टी, नेता र कुनैको बिरोधमा नभई तीन करोड नेपाली जनताले उठाइरहेको बिषयलाई उजागर गर्ने कोसिस मात्रै गरेको बताएका छन् । यस गीतकोबिरुद्धमा पनि पशुपति शर्मालाई जस्तै दवाव आएको खण्डमा कुनैपनि हालतमा न हच्किने बताए । ‘हो मलाई थाहा छ, ताली भन्दा भन्दा धेरै गाली पॉंउछु ।

देश विकाशको नाममा  हरेक क्षेत्रमा भ्रष्टाचार भइरहेको छ । हर क्षेत्रलाई झकझक्याउनु हामी कलाकारहरुको धर्म पनि हो । गीतको शब्दमा कुनै नेता, ब्यक्ती र राजनीतिक पार्टीप्रति लक्षित गरिएको छैन । देशमा जे भइरहेको छ, त्यस्तै बिषयलाई ऐनामा जस्तै बाहिर ल्याइएको छ । ‘लुट कान्छा लुट’ लाई जस्तै यसमा पनि दवाब नआउला भन्न सक्दिन । तर त्यस्तै समस्या आइ लागेपनी म आफ्नो यथार्थ कुराबाट पछि हट्दिन, ‘गायक भट्टराइले भने । गीतको भिडियो तल हेर्नुहोला 

प्रतिक्रिया