लुम्बिनी बैंक र भाटभटेनी मनीबीच विप्रेषण सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने विभिन्न शाखा कार्यालयहरूबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रूपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया