प्रमुख प्रशासकीय अधिकृत कार्की निलम्बनमा

गौर । रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । पटकपटक सरुवा भए पनि तोकिएको स्थानमा नगई गौर नगरपालिकामा बसिरहेका कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि निलम्बन गरेको छ ।

१ जेठमा शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रूपमा पत्राचार तथा मौखिक निर्देशनसमेत दिँदा पनि नगएपछि मन्त्रालयले दुई महिनाको लागि निलम्बन गरेको हो ।

प्रतिक्रिया