सीमामा निगरानी बढाइदैं

सिरहा । नेपाल र भारतको सीमामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्बेदीले निगरानी बढाएका छन् । एसपी चतुर्बेदीले सीमामा निगरानी बढाउनसाथ एकदिनमै करिब २ लाख ८७ हजार २ सय बराबरको मालसमान बरामद भएको हो ।

केही दिनदेखि सीमा नाकालाई तस्कर संगठनले कमाइ खाने भाँडो बनाएकै वेला एसपी चतुर्बेदीको निगरानी बढेको बताइएको छ । सिरहाको औरही गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको समान बरामद गरेको हो ।

सिरहा बिष्णुपुर गाउँपालिका–५ का ३५ वर्षीय विरेन्द्र यादव र जिल्ला सिरहा महेशपुरपतारी गाउँपालिका–६ का २८ वर्षीय जयराम यादवले अवैध रूपमा भारतबाट भन्सार छली पैठारी गरी नेपाल ल्याईरहेको जम्मा २ लाख ६४ हजार ८ सय मूल्य बराबरका विभिन्न किसिमका लेडिज भेस्ट , बच्चाको जिन्स पाईन्ट क्याप टोपी र दुई वटा मोटरसाइकललगायतका कपडाहरू बरामद गर्नुको साथै शनिबार पुन मालसामानहरू पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया