अर्घाखाँची । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहँदै विभिन्न उत्पादनसँग सम्बन्धित सिपहरू सिकाउँदै आएकी सन्धिखर्क नगरपालिका–१ की रुकमणी पराजुली ‘उत्कृष्ट महिला उद्यमी २०७६’ बाट सम्मानित भएकी छिन्
२०३७ सालमा गाउँमा जन्मिएर गाउँमै लामो सयम घाँस दाउरा गरेकी युवा महिला उद्यमी पराजुली अहिले देशकै एक सफल र उत्कृष्ट उद्यमी बन्न सफल भएकी छिन् । पहिलो पटक २०७० सालमा सिन्धुली गएर ३ दिनको तालिममा सहभागी भई सकेपछि उनलाई अब आफैँ उद्यमी बन्ने सोच पलाएको उनले बताईन् ।
पहिलो तालिमबाट जिल्ला फकिएसँगै पेशा सुरु गर्ने योजनासहित उनले २०७१ सालवाट सन्धिखर्क नगरपालिका– १ मा फाईवरका ब्याग तथा विभिन्न खालका वस्तुहरू उत्पादन गर्ने उघोग सञ्चालन गरेकी छिन् ।
उनले आफूले सिकेका सिपहरू अहिले गाउँगाउँमा गएर विभिन्न संघ सस्था सहकारी तथा नगरपालिका, गाउँपालिका वार्डहरूको समन्वयमा सिपमूलक तालिमहरू सञ्चालन गर्दे आएकी छिन् । उनी अहिले जिल्लामा मात्र नभई जिल्ला वाहिर पोखरा, वुटवल, लमजुङ, तनहुँ लगायतका धेरै ठाउँमा गएर आत्मनिर्भर बन्ने सिप सिकाउनमा व्यस्त छिन् । पराजुलीले मुख्य रूपमा स्थानीय स्तरमा उत्पादन हुने बिभिन्न पातहरूको टपरी बनाउने तालिम, अचार बनाउने तालिम, मैनवती अगरवती फाईवर प्रिन्सका विभिन्न समान उत्पादन गर्ने जस्ता स्थानीय वस्तुको प्रयोग गरी तालिम चलाउँदै आएकी छिन् ।
उनले आफैँले पनि महिनामा लगभग १ लाखसम्म आम्दानी हुन थालेको बताउँछिन् । पराजुलीले, भनिन ‘अहिले मलाई दिदीबहिनीको निकै प्रेरणा सहयोग मिलेको छ यस्ले मलाई अझ उत्साहित बनाएको छ ।’ उनले अगाडि थपिन्, ‘महिलालाई उद्यमी बन्न निकै कठिन रहेछ । म धेरै चुनौतीका साथ यहाँसम्म आए पनि अझै चुनौतीका पहाडनै छन् ।’
निकै अनुशासित मिलनशार र लगनशील महिला भएकाले रुक्मिणी सफल हुँदै गएको महिलाहरूको क्षेत्रमा काम गरिरहेको संस्था कल्याणी समाज अर्घाखाँचीकी अध्यक्ष शुशिला वन्जाडेले बताईन् ।
प्रतिक्रिया