गण्डकी र आर्मी उपाधिका लागि भिड्ने

काठमाडौ । प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको फाइनल खेल आइतबार हुनेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

लगनखेलको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा गण्डकीले एपिएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा पाखा लगायो । यो जितसँगै गण्डकीले पहिलोपटक प्रधानसेनापति भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिसलाई ३–१ ले पराजित गर्दै गण्डकीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो सेट १९–२५ ले पराजित भएको आर्मीले बाँकी तीन सेट जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दोस्रो सेट २८–२६ ले जितेको आर्मीले तेस्रो र चौथो सेट क्रमश २६–२४ र २५–१७ ले कव्जा र्गयो । नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया