ज्येष्ठ नागरिक सम्मानित

अर्घाखाँची । सहिद परिवार समाज नेपालको आयोजना, सामाजिक विकास मन्त्रालय प्रदेश–५ तथा ऐरावती गाउँपालिका प्युठानको आर्थिक सहयोगमा सञ्चालन भएको ज्येष्ठ नागरिक क्षमता विकास पैरवी तथा सम्मान कार्यक्रम ऐरावती गाउँपालिका–१ मा रहेका ५५ जना वृद्धवृद्धालाई नगदसहित दोसल्ला ओडाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिशाल खड्काले वताए ।

कार्यक्रमको उट्घाटन गर्दे कार्यक्रमका प्रमुखअतिथि एवं जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख पदम थापाले ज्येष्ठ नागरिकले देखाएका वाटोमा आपूmहरू सधैँ लाग्ने भन्दै उनले समाजका सबैपक्ष एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए । उपप्रमुख थापाले भने, ‘तपाईंहरूले गरेको विश्वासलाई हामी मर्ने दिने छैनौँ ।’

कार्यक्रमका विशिष्टअतिथि एवं ऐरावती गाउँपालिका उपाध्यक्ष वुद्ध बस्नेतले ज्येष्ठ नागरिकको अनुभवलाई सामाज रूपान्तरणमा प्रयोग गर्ने भन्दै मुलुक परिवर्तनमा ज्येष्ठ नागरिकले खेलेको भूमिका अतुलनीय रहेका बताए । बस्नेतले परिवर्तनका लागि सहिदहरूले बलिदान गरेको भन्दै उनले सहिदको उच्चसम्मान गर्दे सहिदको सपना साकार पार्ने बताए ।

बस्नेतले सरकारले सबै पक्षलाई क्रमशः सम्बोधन गर्दै देश स्थायित्व विकास र समृद्दिमा अगाडि बढेको बताए । नेकपाका नेतासमेत रहेका बस्नेतले नेकपा पार्टीले निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गर्ने भन्दै उनले भने, ‘सामाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने भनेका थियौँ, अहिले तीन हजार पु¥यायाँै । सरकारको यो पूरा कार्यकालमा पाँच हजार नै हुन्छ’ ।
गाउँपालिका भित्रका विभिन्न विकास निर्माण कार्यहरूसँगै वृद्धहरूको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर काम गरेकोे उपाध्यक्ष बस्नेतले बताए ।

साविकको दागवाङ गाविसका बिभिन्न वडाहरूबाट सम्मानमा सहभागी भएका बुढाबुढीहरू निकै खुसीका साथ दुःखसुख साटीरहेका थिए । ऐरावती गाउँपालिका–१ दागवाडङ निवासी ९७ वर्षीय डिलबहादुर गाहामगर बिहीबार एक कार्यक्रमका बीच कार्यक्रममा सम्मानित भएका छन् । उनले भने, ‘यो सम्मानले मेरो मन निकै खुसी भयो अझै केही समय बाँच्ने भएँ ।’ अर्का वृद्ध ९१ वर्षीय गंगादेवी रास्कोटीले भनिन्, ‘आज सम्मान पाउँदा बल्ल गाउँमै सरकार आएजस्तो लाग्यो खुसी छु सम्मानको साथै बिरामी भएकी थिएँ चेक गर्न पाएँ ।’

ऐरावती गाउँपालिका–१ दागवाङ वाडका उपल्लो उमेर समूहका ज्येष्ठ नागरिक छनोट गरी कार्यक्रम गरिएको र आगामी दिनमा वृद्ध नागरिकको पक्षमा धेरै खालका कार्यक्रम गर्ने वडाका कार्यवाहक अध्यक्ष केशवराज आचार्यले बताए । कार्यक्रममा क्षमता विकास विज्ञ सुरज सारु र नेतृत्व विकास विज्ञ तथा पत्रकार हृदयकुमार भुसालले गरेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया