सनराइज बैंकको हेल्थ केयर कार्ड सुरु

काठमाडौं । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरूमा जाने नेपाली ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सनराइज बैकले हेल्थ केयर कार्ड सुरु गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरूमा पि.ओ.एसबाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानीको सुविधा प्रयोग गर्न सक्नेछन् ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरूमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ विगतका योजनाअनुसार वर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै वर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडि ल्याइएको छ । साथै सनाराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र सयभन्दा बढी अस्पतालहरूमा २० प्रतिशतसम्म छुट दिँदै आएको छ ।

प्रतिक्रिया