एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ । प्रतिवर्ष ८० लाखदेखि दुई करोड हेक्टर जंगलको विनाश हुने गरेको छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वराभूमि मरुभूमिकरण हुने गरेको छ
पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वनविनाश, भू–क्षय आदि हुने गरेको छ । वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो ।
बढ्दै गइरहेको जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएका छन् । विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल वनाएको छ । वातावरण सन्तुलनमा ह्रास विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो विकराल समस्या समाधानका लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरको छ ।
विश्वमा जनसंख्याको चाप गणितीय रूपमा बृद्धि भएको छ । तर, जमिन भने एक ईन्च पनि बढ्नेवाला छैन । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भैराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नु पर्ने टड्कारो स्थिति छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ । संचारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई Global village पनि भन्ने गर्दछन् ।
मानवले जति जति उन्नति गर्यो उति उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साँढेचार अर्ब अघि भए तापनि करीब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरूको जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरू बासविहीन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरूलाई वर्षेनी दश करोड भन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रति वर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।
पृथ्वीको बढ्दो उष्णीकरण , ओजोन लेयर पातलिने स्थिति ब्ल्याक होल , अम्लवर्षा, हिमाल पग्लन थाल्नु जस्ता परिणाम भोग्न मानव समुदाय वाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले । यी कुराहरूलाई मध्य नजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोदि जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परीवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा गर्यो ।
निष्कर्षमा भन्नुपर्दा विश्वमा प्रति मिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करीब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यतिmका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छ वटा रूखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २ दशमलव ७ के.जी. प्राणवायु वायुमण्डलमा फ्याँक्छ ।
प्रतिवर्ष ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश हुने गरेको छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमिकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्शा नै बदलिन सक्ने संकेत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समान रूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हँुदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिएको छ ।
प्रतिक्रिया