मुम्बई । बलिउड अभिनेत्री क्याट्रिना कैफले आफ्नो जीवनको एक समय काममा भन्दा पनि अन्य कुरामा ध्यान भड्किएको जनाएकी छन् । उक्त कामबाट मन भड्किए पनि उनले त्यसमा आफूलाई कुनै पछुतो नभएको जिकिर गरेकी छन् । उनले यसरी संकेत गर्न खोजेको विषय ‘अन्य काम’ नभई उनको प्रेम सम्बन्ध रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अभिनेत्री क्याटरिना केही समय पहिले अभिनेता रणवीर कपुरको प्रेम सम्बन्धमा थिइन् । प्रेम सम्बन्धपछि उनीहरू सँगै समेत बस्न थालेका थिए । त्यस्तै, संयुक्तरूपमा बस्नका उनीहरूले घर पनि किनेका थिए । यतिवेला अभिनेता रणवीर अर्की अभिनेत्री आलिया भट्टको प्रेम सम्बन्धमा छन् । रणवीरको साथ छुटेपछि क्याट्रिनाले आफू एक्लै रहेको बताउँदै आएकी छन् ।
उनले भनिन्, ‘मेरो जिन्दगीमा यस्तो समय पनि आयो जब मेरो ध्यान काममा भन्दा पनि पनि अरू कुरामा धेरै जान्थ्यो । त्यतिबेला मेरो पूरा ध्यान प्रेमसम्बन्धमा थियो र म त्यसमा खुसी थिएँ । मलाई त्यसबारेमा पछुतो पनि छैन ।’ उनले त्यसपश्चात् आफ्नो जीवनमा परिवर्तन आएको जनाइन् ।
उनले थपिन्, ‘यसपछि मेरो जीवनमा परिवर्तन आयो । म काम र मैले निभाउने पात्रका बारेमा धेरै सोच्न थालेकी छु, मलाई लाग्छ मैले धेरै मेहेनत गरिरहेको छु ।’ यतिवेला बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘भारत’ मा क्याट्रिनाको समेत मुख्य भूमिका रहेको छ । जुन चलचित्र यसै साता जुन ५ मा प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया