प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकै वेला, आगामी आर्थिक वर्षका लागि सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्ट सत्तारूढ पार्टी नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयु अब एक वर्ष मात्रै बा“की रहेको सार्वजनिक उद्घोष गरे । त्यो उद्घोष पनि भरखर दिल्ली पुगेर फर्केका एकजना सञ्चारकर्मीमार्फत गरियो । राजनीति गर्नेहरूको मुख्य ध्येय भनेकै सत्ताप्राप्ति हो । प्रचण्ड त्यसको अपवाद होइनन् । नेपालका राजनीति कर्मीहरूमध्ये सत्ता प्राप्तिका लागि सबै भन्दा कठोर संघर्ष गर्ने एवं रणनीति बनाउनेमा प्रचण्ड अग्रस्थानमा पर्छन् । तर कुन समय, सन्दर्भ र कुन पात्रमार्फत प्रचण्डले सत्ताको लालसा प्रकट गरे ? भन्ने प्रश्नको उत्तर निकै गम्भीर छ ।
उता आफ्नो देशका, त्यसमा पनि आफ्नै पार्टीका प्रधानमन्त्री विदेशी भूमिमा समकक्षीस“ग भेटवार्ता गरिरहेका छन्, यता सत्तारूढ पार्टीका अध्यक्षद्धारा अब सरकारको कार्यकाल एक वर्ष मात्रै बा“की छ है भन्दै लिखत तमसुकसहित सार्वजनिक अभिव्यक्ति दिइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस“ग भेटवार्ता गरिरहेका हाम्रो देशका प्रधानमन्त्री ओलीको मनोबल के भयो होला ? मुलुकका लागि यहाँ भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? सत्तामा शत्रु नै आसिन भएको रहेछ भने पनि विदेश भ्रमणमा रहेको वेला पदको आयु तोक्न मिल्दैन । कुनै वेला बंगलादेशमा प्रधानमन्त्री र प्रतिपक्षी पार्टीका नेताबीच बोलचाल बन्द थियो । संसदमा भनाभन चल्थ्यो, सडकमा भनाभन चल्थ्यो, जब प्रधानमन्त्री विदेश भ्रमणमा हुन्थे तब प्रतिपक्षले त्यो अवधिभर प्रधानमन्त्रीको विरोध स्थगित गथ्र्यो । विश्वका सबै मुलकहरूमा यो संस्कार छ । तर, दुई–दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले यो संस्कार ग्रहण गर्न नसकेको देखियो । सरकारले बजेट प्रस्तुत गरेको भोलिपल्ट प्रतिपक्षले पत्रकार सम्मेलन गरेर बजेटका कमी कमजोरी औंल्याउ“छ । सत्तापक्षले प्रत्रकार सम्मेलन मार्फत त्यसमा ‘काउन्टर’ दिन्छ । संसदीय व्यवस्थाको नियम नै हो यो । यसपटक पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी बजेटमा भएका कमीकमजोरी औँल्यायो । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनगरी नेपाली कांग्रेसले गरेको आलोचनाको ‘काउन्टर’ दिए । तर, भोलिपल्टका मिडियामा यी दुवै घटना समाचार बन्न सकेनन् । सत्तारूढ पार्टीका अध्यक्ष प्रचण्डले तमसुकसहित सार्वजनिक गरेको सरकारको आयुले सबै घटनाहरू ओझेलमा पर्नु स्वभाविकै थियो ।
विवाहमा पन्चेबाजा बजाइन्छ, मलामी जाँदा एकोहोरो शंख फुकिन्छ । विवाहमा एकोहोरो संख र मलामीमा पञ्चेबाजा आपत्तिजनक मानिन्छ । प्रचण्डले अहिले प्रस्तुत गरेको गतिविधि यस्तै आपत्तिजनक हो । सहमतिमा उल्लेख गरिएको मिति गुज्रिएको भए, प्रधानमन्त्री ओली स्वदेशमै रहेको भए , बजेट भाषणलगायत अन्य महत्वपूर्ण सन्दर्भ नपरेको भए प्रचण्डको यो अभिव्यक्ति स्वभाविक मानिन्थ्यो । तर, सहमतिअनुसार सत्ता हस्तान्तरणको मिति आउन एक वर्ष बाँकी रहँदै र आफ्नै पार्टीका अध्यक्ष ओलीले सत्ता सम्हालेको डेढ वर्ष नबित्दै अत्यन्त गलत समयमा खबरदारी गर्नु प्रचण्डको अर्घेल्याइँ हो । समयमै यो समस्याको निराकरणतर्फ सत्तारूढ नेकपाको पार्टी पंक्ति गम्भीर भएर नलाग्ने हो भने हिजो नेपाली कांग्रेसका पालामा भएको इतिहास दोहोरिन सक्छ । ०४६ सालको परिवर्तन पनि नेपाली कांग्रेसले २ पटक बहुमत पायो तर दुईपटक नै आन्तिरिक खिचातानीका कारण प्रतिनिधिसभा विघटन भयो । नेपाली कांग्रेसको आन्तरिक खिचलोका कारण सत्ता मात्रै गुमेन व्यवस्थासमेत धरापमा प¥यो । नेपालको इतिहासमा नेकपाले बहुमतसहितको सत्ता प्राप्त गरेको यो पहिलो अवसर हो । नेपाली कांग्रेसले बहुमतको सत्ता पचाउन नसकेका कारणले नै नेकपालाई जनताले यो मौका दिएका हुन् । नेकपाले पनि बहुमतको सत्ता पचाउन सकेन भने के होला ? नेपाली कांग्रेसको भन्दा पनि खराब हालत बेहोर्नुपर्नेछ ।
प्रतिक्रिया