बिहीबारबाट विश्वकप क्रिकेट

एजेन्सी, लण्डन । १२औं संस्करणको आइसिसी विश्वकप क्रिकेट बिहीबारदेखि सुरु हुँदै छ । स्न् १९७५ देखि अहिलेसम्म ११ वटा विश्वकप भइसकेका छन् । पहिलो विश्वकप इंग्ल्यान्डमा भएको थियो भने १२औं संस्करण पनि इंग्ल्यान्डमा हुँदै छ । ११औं संस्करण पूरा हुँदासम्म ४ सय खेल भएका छन् । यीमध्ये ३ सय ८९ खेलमा नतिजा निस्किएका छ भने ११ खेलको नतिजा आएन ।

चार खेल बराबरी भएका थिए भने ७ खेल रद्दनै हुन पुगे । विश्वकप खेल्ने १० राष्ट्रमध्ये सबैभन्दा उत्कृष्ट टिम नतिजाका आधारमा अस्ट्रेलिया रहेको छ । उसले ८४ खेलमध्ये ६२ खेलमा जित हात पारेको छ भने २० खेलमा पराजित हुँदा एउटा खेल बराबरी भएको थियो । एउटा खेल भने रद्द भयो । अस्ट्रेलियाको विश्वकपमा जित प्रतिशत ७४.६९ रहेको छ । अस्ट्रेलियाले ५ पटक विश्वकपकै उपाधि जितेको छ ।

सन् १९९२ को विश्वकप फाइनलमा हार बेहोरेको इङ्ल्यान्ड त्यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि विमूख हुँदै आएको छ । विश्वकप सुरु भएको ४५ वर्ष बितिसक्दा उपाधि जित्न नसकेको इङ्ल्यान्ड यसपटक त्यो धर्यता मेट्न चाहान्छ । एकदिवसीय क्रिकेटको विश्व वरीयतामा शीर्ष स्थानमा रहेको इङ्ल्यान्डमा बिग हिटरका साथै क्षमता खेलाडी पनि छन् । साथै घरेलु मैदानको सदुपयोग गर्दै इङ्ल्यान्ड इतिहास रच्न चाहान्छ ।

विश्वस्तरीय स्टार खेलाडीले भरिएको विराट कोहलीको नेतृत्वमा रहेको भारत पनि आफूलाई अब्बल गर्न चाहान्छ । पाँचौं पटक च्याम्पियन अस्ट्रेलिया पनि स्टार क्रिकेटर स्टेभन स्मिथ र डेविड वार्नरको पुनरागमनमा उच्च आत्मविश्वासी देखिएको छ । बल टेम्परिङका कारण प्रतिबन्धमा परेका दुई ब्याट्सम्यान टोलीमा फर्किएसँगै डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई पुनः बलियो टोलीको रूपमा हेरिँदै आएको छ ।

१० टोली सम्मिलित विश्वकपमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका पनि विश्वकप जित्ने आशाअनुरूप मैदान उत्रदै छ । यी दुवै टोली कयौं पटक सेमिफाइनलमा पुगी आफूलाई साबित पनि गरिसकेका छन् । सन् १९९२ को च्याम्पियन पाकिस्तानसँगै ‘युनिभर्स बोस’ क्रिस गेलको टोली वेस्ट इन्डिजले पनि कयौं चुनौती दिनेछ ।

गेलका लागि अन्तिम विश्वकप भएकाले पनि सन् १९७९ पछि पहिलो पटक वेस्ट इन्डिजलाई च्याम्पियनको ताज उपहार दिन चाहान्छन् । यस विश्वकपमा पूर्णरूपमा ब्याट्सम्यान हाबी हुँदा बलर निकै निराशा हुनुपर्ने आंकलन गरिँदै आएको छ । आगामी मे ३० देखि जुलाई १४ सम्म सञ्चालन हुने खेलमा बलरको प्रदर्शनले पनि उपाधिको दाबेदारीलाई निर्णयमा पु¥याउनेछ ।

शीर्ष स्थानको इङ्ल्यान्डलाई यस विश्वकपमा सबैभन्दा बलियो दाबेदार टोलीको रूपमा मानिएको छ । यसअघि घरेलु मैदानमा सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीमा पनि इङ्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा बनाएको थियो । यदपि, सेमिफाइनलमा पाकिस्तानसँग घरेलु टोली स्तब्ध हुन पुग्यो । तर, यसपटकको विश्वकपमा दबाबलाई सहज रूपमा लिँदै उत्कृष्ट सुरुआत गर्ने इङ्ल्यान्डका कप्तान इयान मोर्गनले दाबी गरिसकेका छन् ।

‘सबैले आ–आफ्ना किसिमका प्रतिक्रिया दिइरहेका छन् । तर हामी निकै उत्साहित छौं,’ कप्तान मोर्गनले भने,‘ अन्य दिनको भन्दा यसपटक फरक हुनेछ । हामी पहिलो खेल जित्दै यादगार सुरुआत गर्नेछौं । त्यसका लागि सबै खेलाडीलाई हौसला पनि दिइरहेको छौं ।’ गत संस्करण पहिलो चरणबाट बाहिरिएको चोटलाई बिर्सेर इङ्ल्यान्ड यसपटक यादगार बनाउने लक्ष्यमा छ । इङ्ल्यान्डको जितमा जोनी बयरस्ट्रो र जोस बटलर मुख्य हतियार हुन् ।

इङ्ल्यान्डको ब्याटिङ निकै आक्रामक साथै मजबुत पनि छ । गत वर्ष नटिङ्घममा भएको एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेटको क्षतिमा ४ सय ८१ रन बनाउँदै नयाँ रेकर्डसमेत बनाइसकेको छ । इङ्ल्यान्डले चार पटकसम्म ४०० रनभन्दा बढि योगफल बनाइसकेको छ । साथै इङ्ल्यान्डसँग क्षमतावान युजा बलर जोफ्रा आर्चरजस्ता बलर पनि छ । सन् १९८३ मा कपिल देवको नेतृत्वको भारतले विश्वकपको उपाधि जितेको थियो ।

यसपटक पनि भारतसँग निकै क्षमतावान् नेतृत्वका रूपमा स्टार ब्याट्सम्यान विराट कोहली पनि छन् । यता, बल टेम्परिङ स्क्यान्डलका कारण एक वर्ष लामो प्रतिबन्ध फुकुवा भएपछि स्मीथ र वार्नरको साथमा अस्ट्रेलिया पनि आत्मविश्वासी बनिसकेको छ । यद्यपि, पूर्वकप्तान स्मीथसँगै वार्नरलाई इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा सुञ्चालित विश्वकपमा समर्थकबाट कयौं किसिमको आलोचनाबाट सजक रहनु पनि उत्तिकै आवश्यक रहन्छ ।

विश्जकप अगाडिको वार्म अफ म्याच पनि पनि स्मीथ र वार्नरले त्यस्तै किसिमको व्यवहारको सामना गरिसकेका छन् । खेलका क्रममा समर्थकले उनलाई ‘चिटर ’ भन्दै आलोचना गरेका थिए । उक्त खेलमा स्मिथले ११६ रन बनाउँदा अस्ट्रेलियाले विश्वकपको बलियो टोली इङ्ल्यान्डलाई १२ रनले पराजित गरेको थियो । खेलपछि भने स्मिथले भने आपूm समथर्कप्रति कुनै ध्यान नदिने प्रतिक्रिया दिइसकेका छन् ।

प्रतिक्रिया