विपक्षीकाे आरोप सुन्ने बित्तिकै ट्रम्प बैठक छोडेर हिँडे

अमेरिका । राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको सम्बन्धमा भएका अनुसन्धानमा व्यवधान पुग्नेगरी ढाकछोप गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विपक्षीसँगको बैठक छाडेर हिडेका ।

पूर्वाधारसम्बन्धी विषयमा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूसँगको बैठक सुरु भएको पाँच मिनेटमै उनी बाहिरिएका थिए । यो घटनापछि ट्रम्प र विपक्षीबीच विद्यमान तनाव झन् बढेको छ।

आफूमाथि अनुसन्धान नरोकेसम्म मिलेर काम गर्न नसक्ने भन्दै विपक्षी डेमोक्र्याटहरूसँगको बैठकबाट राष्ट्रपति डोनल्ड ट्रम्प अचानक उठेर हिँडिदिएका हुन्।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनताका भएको भनिएको रुसी हस्तक्षेपमा उनको भूमिकाबारे ट्रम्पले ढाकछोप गरेको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले आरोप लगाएपछि रिसाएर उनी हिँडेका थिए।

प्रतिक्रिया