‘भौतिक पूर्वाधार मात्र विकास होइन’

धादिङ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललले भौतिक पूर्वाधार मात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् ।

सोमबार धादिङको गजुरी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेललले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित भएका पौडेलले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मात्र विकास सम्भव हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना संघीय सरकारले गर्ने गरी योजना तयार गर्न गाउँपालिकालाई आग्रहसमेत गरे ।

मन्तव्यकै क्रममा उनले समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई आग्रहसमेत गरे । गजुरी गाउँपालिकाले गरेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री पौडेलले विकास निर्माणमा जनसहभागितालाई प्रयोग गर्न पनि आग्रह गरे ।

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद भूिम त्रिपाठी, खेमप्रसाद लोहनी, प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश–३ का सांसद राजेन्द्रप्रसाद पाण्डे लगायतले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन सबैले आआफ्नो ठाउँबाट काम गरेको र गर्दै जानेमा समेत जोड दिएका थिए ।
०००

प्रतिक्रिया