बुद्धजयन्तीको सान्दर्भिकता

शान्तिदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार विविधि कार्यक्रमको आयोजना गरियो । राष्ट्रपति, प्रधानमन्त्रीलगायत मुलुकका नेताहरूले अहिंसा, शान्ति तथा सहअतिस्तवको शुभकामना दिए । जनस्तरबाट पनि बुद्धजयन्ती धुमधामस“ग मनाइएको छ । विश्वका धेरै देशमा बुद्धजयन्ती पर्व बौद्धमार्गीहरूमा मात्रै सीमित छ, तर नेपालमा भने हिन्दू तथा किरा“त एवं प्राकृतिक धर्म मान्ने समुदायमा पनि बुद्धजयन्तीले विशेष पर्वका रूपमा जरा गाडेको पाइन्छ । संयोगले भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र देहावसान वैशाख शुक्ल पूर्णिमा अर्थात् वैशाख पूर्णिमा कै दिन भएको हो । त्यस नाताले पनि वैशाख पूर्णिमा वुद्धधर्मालम्बीहरूका निम्ति विशेष चाड हुने नै भयो । त्यसैगरी, वैशाख पूर्णिमाका दिन किराँत तथा प्राकृतिक धर्म मान्नेहरूले पनि सनातनकालदेखि विशेष पूजाअर्चना गर्दै आएको पाइन्छ । हिन्दूधर्म सम्प्रदायभित्रको खस आर्य समुदायले पनि वैशाख पूर्णिमाका दिन आफ्ना कुलदेवता तथा पुर्खाले मानिआएका अन्यदेव देवीहरूको पूजा आराधना गर्ने गरेको पाइन्छ । सनातनदेखि नै चलिआएको परम्परा हो यो । तर, शान्ति तथा अहिंसात्मक सिद्धान्तका जनक भगवान गौतम बुद्धको जन्मदिनमा नेपालमा सबैभन्दा बढी काटमार हुने गरेको छ । गैर बौद्धमार्गीहरूले पशुबली दिएर वैशाखे पूर्णिमाका अवसरमा पूजाआरधना गर्छन् । यो अलि नसहाउ“दो संस्कार हो कि ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । तर, गौतम बुद्ध जन्मनुभन्दा पहिलेदेखि नै सुरू भएको यो परम्परामा प्रश्न उठाउनु उचित पनि छैन । सम्बन्धित समुदाय आफै“ले बुझ्दै जाने कुरा हो यो ।

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । जसरी मक्का मदिना सम्पूर्ण इस्लाम धर्मालम्बीहरूको अति पवित्र तीर्थस्थल हो, जेरूसेलम इसाई धर्मालम्बीहरूको पवित्र तीर्थस्थल हो, त्यसरी नै लुम्बिनी बौद्ध धर्मालम्बीहरूको पवित्र तीर्थस्थल हो । मक्का मदिनाका नाममा साउदी अरबले समृद्धि हासिल गरेको छ, जेरूसेलमका नाममा इजरायलले समृद्धि हासिल गरेको छ तर, लुम्बिनीका नाममा नेपालले समृद्धि हासिल गर्न सकेको छैन । विश्वमा बौद्ध धर्मालम्बीहरूको जनसंख्या करिब २ अर्बको हाराहारीमा छ । उनीहरू जीवनमा कम्तिमा एक पटक भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न लालयित हुन्छन् । नेपालको फलानो ठाउ“मा लुम्बिनी पर्छ भन्ने व्यापक प्रचारप्रसार हुन नसक्दा र यातायातको प्रचुर सुविधा हुन नसक्दा लुम्बिनी ओझेलमा परेको छ । नेपालले लुम्बिनीका नाममा पर्यटक भित्र्याउन सकिरहेको छैन । यहा“भन्दा ठूलो दूर्भाग्य अरू के हुन सक्छ ? ‘माल पाएर पनि चाल नपाएको’ भनेको यही हो ।

प्रदेश ५ सरकारले ०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष ०७६ को शनिबार शुभारम्भ गरिन् । उनले लुम्बिनी विकासको गुरूयोजना कार्यान्वयन अहिलेको आवश्यकता भएको बताइन् । बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनले जोड दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताए । लुम्बिनी, लुम्बिनीजस्तो नभएको भन्दै उनले भने, ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । बाहिर सिसौका रूखले उजाड बनाएको छ, अब फलफूल रोप्नुपर्छ ।’ राष्ट्रपति र प्रधानमन्त्री को यो प्रतिबद्धता सुन्दा तथा पढ्दा खुशी लाग्छ । तर यस्ता प्रतिबद्धता जनताले सुन्दै र पढ्दै आएको वर्षौं बितिसकेको छ । लुम्बिनी क्षेत्र विकास गुरूयोजना बनेको पनि आधा शताब्दी बितिसकेको छ । तर, काम अझै कछुवाको गतिमा छ । तर, पछिल्लो समयमा निराश हुनुपर्ने अवस्था भने छैन । आगामी आर्थिक वर्षभित्रै लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न हु“दैछ । यो काम सम्पन्न भएपछि लुम्बिनीबाट मुलुकले केही न केही प्राप्त गर्ने अपेक्षा धेरैको छ ।

प्रतिक्रिया