एन्फाको वरिष्ठ उपाध्यक्ष नेम्बाङ चयन

काठमाडौ । अखिल नेपाल फुटबल संघको कार्यकारी समिति बैठकले पंकज विक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ ।  बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा मंगलबार सम्पन्न कार्यसमिति बैठकले उपाध्यक्ष नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष बाहेक कार्यसमिति बैठकले अन्य चार एजेन्डामा पनि निर्णय गरेको छ । बैठकले यसै वर्ष जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ ।

यस्तै ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरुमा सम्भाव्यताको अध्यन गरी कम्तिमा १० स्थानमा एकैपटक भौतिक पूवार्धारहरु निर्माण तथा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारी कायविधि पनि लागू गरेको छ ।

बजेटअन्तर्गत जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ । साथै आगामी वर्षदेखि राष्ट्रिय लिग सञ्चालन गरिने भएको छ । पूर्वाधार मर्मत र निर्माणअन्तर्गत ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरूमा सम्भाव्यताको अध्यन गरी कम्तिमा १० स्थानमा एकैपटक भौतिक पूवार्धारहरु ९खेल स्थान र टेक्निकल सेन्टर निर्माण तथा स्तरोन्नति० गर्ने निर्णय पनि गरेको छ ।

एन्फाले आफ्ना कर्मचारी कार्यविधिअन्तर्गत सेवासुविधा र अधिकारीका सम्बन्धमा कार्यविधी पारित ग¥यो । एन्फाले प्रदेश–१ बाट वसन्त अर्याल, दुई बाट मोहम्मद समिउल्लाह, तीनबाट मोहनकुमार बस्नेत, चारबाट विश्व पौडेल र पाँचबाट प्रकाश पंगेनीलाई सहायक महासचिवमा मनोनित गरेको छ । प्रदेश–६ र ७ बाट प्रतिनिधित्व हुने गरी प्रकाश बिष्टलाई मानार्थ सदस्यमा मनोनित गरेको एन्फाले जनाएको छ ।

एन्फा प्रवक्ता किरण राईको संयोजकत्वमा आचारसहिंता लागु गर्ने भएको छ । बुटवल र धरानमा रहेको एन्फा एकेडेमीका लागि यु–१३ र यू–१६ उमेर समूहका २५–२५ जना खेलाडी छनोट गरी प्रशिक्षण प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।

प्रतिक्रिया