देशभर आइतबारदेखि एसइईको परीक्षा सुरु भएको छ । नेपालमा माध्यमिक शिक्षा भन्नाले कक्षा १२ सम्मलाई बुझाउने भनिए पनि अझै पुरानो एसएलसीजस्तै कक्षा १० उत्तीर्णका लागि एसइई परीक्षा अझै कायम छ । ग्रेडिङ प्रणालीमा नया“पन ल्याइए पनि पहिलेको जस्तै हाउगुजी गएको छैन । देश संघीय संरचनामा गएसँगै प्रदेश सरकारको मातहतमा सञ्चालित भएको एसइई परीक्षामा ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका छन् । यस वर्ष परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन र उत्तरपुस्तिका खरिदलगायत सम्पूर्ण काम प्रदेश सरकारले गरेको छ । उत्तरपुस्तिका खरिदलगायत अन्य व्यवस्थापनका काम प्रदेश सरकारले गरे पनि प्रश्नपत्र छपाइ, उस्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने भएको छ ।
यो वर्ष सबैभन्दा कम परीक्षार्थी प्रदेश–६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थी परीक्षामा सहभागी छन् । प्रदेश–१ बाट ८३ हजार ८ सय १८, प्रदेश–२ बाट ७० हजार ५ सय १८, प्रदेश–४ बाट ४८ हजार ६३, प्रदेश–५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश–७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल छन् । काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी एसइईमा सहभागी भएका छन् । यसपटकको एसइईमा छात्रभन्दा छात्राको संख्या बढी देखिएको छ । छात्रा २ लाख ३८ हजार ५ सय ५८ परीक्षार्थी हुुँदा छात्र २ लाख ३६ हजार ४ सय ४५ मात्र रहेका छन् । तर, प्रदेश–२ मा भने छात्राभन्दा छात्रकै संख्या बढी रहेको छ । यसले शिक्षामा लैंगिक असमानता न्यून हुँदै गएको देखाउ“छ र प्रदेश–२ मा भने छोरी पढाउनु पर्ने चेतनामा अझै कमी रहेको प्रस्ट हुन्छ । हुन त प्रदेश–२ मा यो समस्या अन्य प्रदेशमा भन्दा बढी नै भएको ठहर प्रदेश सरकारले स्वीकार गरेको पनि देखिन्छ । त्यसैले, अन्य प्रदेशमा नभएको ‘बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रम यहा“ लागू गरिएको छ ।
समतामूलक समाज निर्माण गर्न क्षमतामा पनि समानता हुनु स्वाभाविक हुन्छ । महिला समानताका जति नै कुरा गरे पनि शिक्षामा महिलाको पहु“च नपुग्दासम्म अन्य क्षेत्रमा समानता खोजिनु आकाशको फलसरह हो । समग्र मुलुकको विकासका निमित्त सबैभदा पहिले सबै क्षेत्र, वर्ग, लिंग वा समुदायको शिक्षामा समान पहु“च हुनु अनिवार्य सर्त हो । मुलुकको समग्र जनसंख्यामा पुरुषभन्दा केही बढी महिला नै भएकाले एसइईमा पनि छात्रभन्दा केही बढी छात्राको संख्यामा वृद्धि हुनुले शिक्षामा महिलाको पहु“च बढेको छ भन्ने संकेत हो । यो लैंगिक समानताको संकेत मात्र होइन मुलुकको समग्र विकासकै निम्ति एउटा सकारात्मक संकेत हो ।
प्रतिक्रिया